दफा
बोर्डको स्थापना
(१) अन्तर्राष्ट्रिय जगतमा नेपाललाई एक आकर्षक पर्यटन स्थलको रूपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धन गर्नको लागि नेपाल पर्यटन बोर्डको नामबाट एउटा बोर्डको स्थापना गरिएको छ ।
(२) बोर्डको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र बोर्डले आवश्यकता अनुसार नेपाल  भित्र वा बाहिर जुनसुकै स्थानमा आफ्नो शाखा तथा उपशाखा कार्यालयहरू खोल्न सक्नेछ ।